Struggling with Monitor

बिहान ८ बजेको छ ।  मनिटरका आवाज सुन्न सकिन्छ ।  अस्पतालको  गन्धले नाकलाई जिस्काइरहेको छ । अन्दाजी २५ बर्षिय  युबक प्रतिक्षा गर्ने कुर्शिमा आ ई सि यू बाहिर कुर्दै बसेको द्रिश्य देख्न सकिन्छ ।  अनुहारको कान्ती उडेको छ ।  साथमा एकजना अन्दाजी ४० बर्षिय  महिला पनि छिन्   ।  मौन छिन तिनी ।  तर उनका आँखाले आसुँका भाषा बोलिरहेका छन् ।  अरु ब्यक्तिहरुको पनि आवतजावत बाक्लै छ ।  भित्र एक ५० बर्षिय  ब्यक्ति आई. सि .यू मा जीवनका लागि संघर्ष गर्दै छन् ।  उनलाई करिब २ घण्टा अगाडि अस्पातलमा ल्याइएको थियो। ।  ।  शायद यि तीनजना साइनोले बाबु आमा र छोरा होलान्  ।  

सिक्ने कुरा धेरै छन । सबै आफ्नै जीवनमा भोगेर सिक्नलाई जीवन छोटो छ ।  त्यसैले आज हामी तिनै मनिटर मुनि संघर्षरत पुरुषको जीवनबाट केही सिक्ने प्रयास गरौँ ।  काम गर्दै थिए उनी ।  जब उनी एक्कासी बेहोस् भएका थिए ।  मुख बाङिएको थियो ।  एक हर नचल्ने  भएको थियो। तुरन्तै अस्पातल पुर्याइएको थियो। अस्पतालमा उनको मस्तिस्कमा रगत बगेकोले आई.  सि .यू मा भर्ना गरिएको छ ।  उनलाई सबैले बुझ्ने  भाषामा “पारालाइसिस “ भएको छ ।  

समस्या नदेखिएसम्म स्वास्थ्य जाँच गर्ने चलन अझै छैन हाम्रो देशमा ।  फुर्सद पनि छैन। कसरी हो एक दिन ति पुरुष अस्पतालमा जचाउन  जाँदा प्रेस्सर बढी भएको थाहा  हुन्छ ।  प्रेस्सुरको औषधी नियमित सेवन गर्नुपर्ने भनेर जानकारी पनि गराइन्छ ।  तर खानाले ,करेलाले आदिले ”कन्त्रोल ” गर्ने बिचारले आनाकानी गर्छन्  उनले ।  शायद समयमा सल्लाह मानेको भए यस्तो नियती आउँथेन कि ।  जे भएपनि आफ्नो तर्फबाट कमजोरी भने हुन्थेन ।  

आज हामी रक्तचापको बारेमा केही जानकारी लिने प्रयास गरौँ ।  उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भन्नाले शरीरका रक्त धमनीहरुमा प्रेसर बढी हुनु हो। धमनीहरुले रगतलाई  मुटुबाट बाहिर अन्य अङ्हरुमा पुर्याउँछ ।  रक्तचापको जहिले पनि माथिल्लो र तल्लो अंक हुन्छ। जस्तै १२०/८०, १३०/९० । माथिल्लोलाई systolic (सिस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु खुम्चिइ धमनीहरुमा रगत अगाडि बग्दा पर्ने प्रेसर हो भने तल्लोलाई diastolic (डायस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु फुक्दा धमनीहरुमा पर्ने प्रेसर हो। 

रक्तचापलाई निम्न अनुसार वर्गिकरण गरिएको छ।

सामान्य रक्तचाप (Normal)
१२० भन्दा कम(सिस्टोलिक ) 
८० भन्दा कम ( डायस्टलिक) 
बढेको रक्तचाप    (elevated) 
१२०-१२९ 
< ८०  
स्टेज १ उच्च रक्तचाप (Stage 1)
१३० -१३९ 
८० -८९ 
स्टेज २ उच्च रक्तचाप (Stage 2)
१४० वा सो भन्दा बढी
९० वा सो भन्दा बढी


सिस्टोलिक र डायस्टोलिक प्रेसरमा कुनै एउटा वा दुवै बढेमा उच्च रक्तचाप भएको मानिन्छ। लामो समयसम्म उच्च रक्तचाप भएमा मुटुको रोग, हार्ट अट्याक,आँखामा समस्या आउने, म्रिगौलाको रोग ,मस्तिस्कमा रगत बग्ने (परिणाम स्वरुप प्यारालाईसिस)हुने सम्भावना बढेर जान्छ। 

त्यसैले उच्च रक्तचापको समयमै पहिचान गरी यसलाई नियन्त्रणमा राख्नुपर्छ, जस्ले गर्दा अरु अङहरुमा हुनसक्ने नराम्रो असरलाई धेर हदसम्म  पनि रोक्न सकिन्छ।
उच्च रक्तचाप दुई प्रकारको हुन्छ।
१) प्राइमरी (जसलाई Essential hypertension पनि भनिन्छ)
२) सेकेन्डरी (Secondary Hypertension)
सबै उच्चरक्तचापका बिरामी मध्ये ९५% लाई प्राइमरी उच्चरक्तचाप हुन्छ। ५ प्रतिशत मात्रै  सेकेन्डरी हुन्छ ।  त्यसैले हामी प्राइमरी उच्चरक्तचापको बारेमा विस्त्रित कुरा गरौँ । ,हाइ बी.पी.,  प्रेसर हाइ,  उच्च रक्तचाप आदि नामले यही ‘प्राइमरी उच्च रक्तचाप’ लाई बुझिने  गरिन्छ ।  

उच्च रक्तचापको  कारण 

उच्च रक्तचापको वास्तबिक कारण यही हो भन्ने किटान छैन।  तर एउटा प्रमुख कारण वङ्साणुगत हो। यदि आमाबुवालाई उच्च रक्तचाप छ भने छोरछोरीलाई हुने सम्भावना बढी हुन्छ। साथै शरीरको तौल बढी हुनाले, रक्सिचुरोटको सेवन बढी गर्नाले पनि यो रोग हुने सम्भावना बढेर जान्छ।

उच्च रक्तचाप छ भनेर थाहा पाउने तरिका 

प्रेसर नाप्ने यन्त्र (इसफिगमोमानोमिटर) ले प्रेसर ननापिकन प्रेसर बढी वा कम भएको थाहा पाउन सकिदैंन। मान्छेको अनुहार हेरेर प्रेस्सुर थाहा हुँदैन ।  यसका  लक्षण सुरुमा  देखिदैन ।  भित्र भित्रै अङहरुमा असर गरिरहेको हुन्छ ।  खराब असर अरु अङहरुमा नपरेसम्म यो रोगको केही लक्षण देखिदैन। कसैकसैले आफुलाई प्रेसर बढेको बेला टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुने गरेको भन्छन्, तर त्यो प्रेसर धेरै नै बढी हुँदा देखिने लक्षण हो। तर यि  लक्ष्ण  अधिकांशमा नदेखिने हुनाले  नियमित  जाँच  नगर्दा जटिल अवस्थामा मात्रै     थाहा हुने गर्छ  । 

उच्च रक्तचापको उपचार 

लामो समयसम्म उच्च रक्तचाप भएमा मुटु, म्रिगौला, मस्तिस्क आदि अङहरुमा असर पर्ने कुराको जानकारी भइसक्यो ।  । त्यसैले यी अङहरुलाई उच्चरक्तचापको खराब असरबाट बचाउनको लागि यसको उपचार गर्नुपर्छ। उच्च रक्तचापको उपचार गरी प्रेसर नियन्त्रणमा राख्न सकिएमा मस्तिस्कमा रगत बगेर प्यारालाईसिस हुने सम्भावना ३५-४०% ले घट्छ, हार्ट फेलर (मुटुले काम नगर्ने अवस्था) को सम्भावना ५०% भन्दा बढीले घट्छ। र हार्ट अट्याकको सम्भावना २०-२५% ले घट्छ ।  
औषधी खानु मात्रै यसको उपचार हैन। औषधी खाएर मात्रै यो रोगलाई जित्न सकिदैंन। अन्य उपायहरुमा 
१) जीवन पद्धतिमा परिवर्तन (Life style modification)
२) प्रेसर घटाउने औषधीहरुको नियमित सेवन
३) नियमित स्वास्थ्य परिक्षण 

यस अन्तर्गत विभिन्न कुराहरु जस्तै शरीरको तौल सामान्य भन्दा बढी छ भने घटाउने, खानामा नुन कम गर्ने, खानामा फलफुल, सागसबजीको मात्र बढाउने, चिल्लो पदार्थको मात्र कम गर्ने, नियमित व्यायाम गर्ने, जाडरक्सी सेवन कम गर्ने पर्दछन्। यदि शरीरको तौल सामान्य भन्दा बढी छ भने प्रत्येक १० किलो तौल घटाउदा ५-२० मी.मी. एचजी प्रेसर कम हुन्छ। सामान्य तौल भन्नाले ‘बडी मास इन्डेक्स (Body Mass Index)’ १८.५-२४.९ किलो/ मिटर इस्क्वार भन्ने बुझिन्छ। आफ्नो बडी मास इन्डेक्स निकाल्न यो सुत्र प्रयोग गर्नुहोस्- तपाईंको तौल, किलोमा /(तपाइको उचाइ, मिटरमा )स्क्वार।

खानामा फलफुल, सागसबजीको मात्र बढाउने, चिल्लो पदार्थको मात्र कम गर्ने, स्याचुरेटेड तेलको मात्रा कम गर्ने गर्नाले पनि बढेको प्रेसर घटाउन र नियन्त्रनमा राख्न सहयोग मिल्छ। खानामा नुनको प्रयोग दिनमा ६ ग्राम भन्दा बडी नगर्ने, जाडरक्सीको सेवन सकेसम्म कम गर्ने, प्रतिदिन कम्तिमा ३० मिनेट छिटोछिटो पसिना आउनेगरी हिड्ने गर्नाले पनि प्रेसर नियन्त्रनमा राख्न धेरै सजिलो हुन्छ।
माथिका यी उपायहरु अपनाउनाले प्रेसर बढ्न नदिने, बढेको प्रेसर घट्ने, औषधी खानु नपर्ने, खाइरहेको औषधीले राम्रो काम गर्ने र उच्च रक्तचापको अरु अङहरुमा पर्ने खराब असरहरु कम हुने हुन्छ। र अर्को महत्वपूर्ण कुरा, यो रोग भएको व्यक्तिले धुम्रपान कत्ती नगरेमा मुटुमा पर्ने नराम्रो असर धेरै नै घटेर जान्छ।

२) प्रेसर घटाउने औषधीहरुको सेवन

प्रेसर कम गर्ने विभिन्न औषधीहरु हामीले दैनिक खाइरहेका हुन्छौ। बढी मात्रामा प्रयोगमा आउने औषधी हरुलाई निम्न समुहहरुमा पर्छन् ।  
क) पिसाब लगाउने औषधी (Diuretics)
ख) क्यालसियम च्यानल ब्लकर (Calcium Channel Blocker)
ग) एस इन्हीविटर (ACE Inhibitor) आदि
हरेक औषधीको जस्तै यिनका पनि साइड इफेक्टहरु हुन्छन्। कुनै धेरै सामान्य तर धेरैमा देखिने हुन्छन् भने कुनै धेरै जटिल तर धेरै कममा मात्र देखिने हुन्छन्। औषधी सुरु गर्नु भन्दा अघि आफ्नो चिकित्सकसँग यी सबै कुराको बारेमा छलफल गरेको राम्रो मानिन्छ ।  । साथै पत्रपत्रिका, इन्टरनेट आदिबाट आफुले खाइरहेको औषधीको बारेमा जान्ने प्रयास गर्नु पर्छ।

३) नियमित स्वास्थ्य परिक्षण

औषधी सुरु गर्नु मात्रै यो रोगको उपचार हैन। रुघाखोकी लागेको जस्तो केही दिनमात्रै औषधी खाएर यो रोगलाई नियन्त्रनमा राख्न सकिदैंन। किनभने यो रोग मधुमेह (चिनीरोग), दम (Asthma) जस्तै जिन्दगी भरलाई रहने रोग हो, यस्ता रोगहरुलाई मेडिकल भाषामा क्रोनिक नोन्कमुनिकेबल  डिजिज (च्रोनिक noncommunicable  Disease) भनिन्छ। त्यसैले औषधी सुरु गरेपछी पनि नियमित रुपमा प्रेसर जाच गर्ने, ,इ.सी.जी गर्ने ,रगत, पिसाब जाच गर्ने   र कम्तिमा वर्षको एकपटक आँखाको डक्टरलाई आँखा देखाउने गर्नुपर्छ।   

उच्च  रक्तचाप नियन्त्रन  गर्न सकिन्छ ।  र यसका जटिलताहरुबाट  समयमा ध्यान दिएमा धेरै बच्न सकिन्छ ।  त्यसैले यो मौन रोग प्रति सबै सचेत हुनुपर्छ ।  

Source : healthynepalblogspot.com  ; Internet sites

Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।