के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?
के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?
धेरै बर्ष पहिले एउटा दुब्लो ज्यानको हल्का जुङाका रेखी देखिँदै गरेको ब्यक्ति साधारण पहिरनमा ब्याग भिरेर बिहानै काठमाण्डौको पुतलिसडकमा लम्किँदै थियो । कतै पुग्ने हतार थियो उसलाई । त्यसो नहुदो त बाटोमा हस्याङ्फस्याङ हुनुभन्दा सिरकमुनी मस्त सपना देखिरहेको हुन्थ्यो होला । हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतिरको गन्तब्य हुनुपर्छ । शायद ति पाइलाहरुमा भबिष्यमा सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ । र त्यो हिँडाइ सानैदेखि अबचेतन मस्तिष्कलाई पोशन गरिएको अब्बल हुने चेतनाको परिणाम् हुनुपर्छ । उत्कृष्ट हुने इच्छाले डोर्याएको हुनुपर्छ त्यो आत्मा । तपाईंको अनुमान के होला ?
किटान गरेर अनुमान लगाउनुपर्दा डाक्टर पढ्ने तयारी गरिरहेको हुनुपर्छ । ब्यक्ती ,परिवार र समाजको हरियो चस्माले देखेको सम्पन्नताले प्रचुर भबिष्य जो छ डाक्टरी पेशामा । प्रबेश नगर्दा सम्म सधैं हरियो देखिन्छ । कसैले उजाड छ भन्दैमा पत्याउँदैन त्यो मन । त्यहि हजारौँ मनहरु आजपनि लम्किँदै छन् काठमाडौ पुतलिसडक वरिपरि । उत्कट इच्छा र कर्मठ व्यबहारका साथमा । एक प्रकारको बाध्यता पनि लुकेको हुनुपर्छ । पैसा र इज्जतको ललिपपले घर समाजले देखाएको मार्ग न हो त्यो ।
समयको परिवर्तन होला । त्यो जुङाको रेखी पलाउँदै गरेको दुब्लो ज्यान आज अलिकत मोटाएको हो कि जस्तो देखिन्छ । दार्ही बढेको छ । जुङा पलाएछ । यतिका बर्षमा आज डाक्टर बनेको छ । उमेर मिलाएर घटाउन सकेजति भन्नुपर्दा २८ बर्षमा चलिरहेको होला । तर पढाई अझै निरन्तर छ । अहिलेका सरकारी नियम र बन्धनले लगभग १२ बर्षमा औपचारिक पढाई सकिन्छ । ३ बर्षको पि जि अर्थात् यम् डि ,५ बर्षको बन्धन सेवा र फेरी ३ बर्षको डि यम् । ४० बर्षको उमेरमा यो डाक्टर पक्का डाक्टर भन्ने हुने देखिन्छ । बिभिन्न नियमले बाध्न र कस्न मात्र खोज्दै छ नेपाल सरकार । पहिले डाक्टरी पढाइ प्रबेश गर्दा त्यस्ता कस्ने र बाँध्ने नियम थिएनन् । तर अहिले निशुल्कमा पि. जि. पढाउने र त्यस बापत ५ बर्ष सरकारले खटाएको ठाउँमा जानुपर्ने सर्तमा कबुलियतनामा पेलेर गराएको छ । जुन कुरा समय सान्दर्भिक पनि देखिन्न । र न्यायोचित पनि देखिन्न । त्यसैले त असन्तुस्ट स्वर नारासहित उत्रिन्छ स्वास्थ्य मन्त्रालय अगाडि । “ सेवा गर्न चाहन्छौँ । कमारो बन्न चाहन्नौँ । “ आदी नाराले तताइरहेको हुन्छ मन्त्रालय परिसर बेलाबेलामा ।
पढ्ने बेला ठेलीका ठेली किताब, लामो परिक्षा । काम गर्दा न रात न दिन, न दसैं न तिहार । न शनिबार भनेर आराम छ । यो सबै डाक्टरको पेशासंगै आउने कुरा हुन् । कोही न कोही आफ्नो निद्राबाट उठेको छ । त्यसैले स्वास्थ्यसेवा टिकेको छ । तर यो कुनै कुरा बाहिर बस्नेले देख्दैन । केबल सेतो कोट र चिटिक्क परेको पोशाक मात्र देख्छ । र स्वर्णिम सकल जिवनचर्याको अनुमान लगाउँछ ।
नियम बनाउने ब्यक्तिले आफुलाई अरुको स्थानमा उभिएर हेर्न नसकेको र बिना अध्ययन पेल्न खोजेर नियम बनाउन खोजेको देखिन्छ । नेपालमा डाक्टर मात्रै छत्रब्रित्तिमा पढेको जस्तो व्यबहार देखिन्छ । छत्रब्रित्तिको मतलब ब्यक्तिले मिहिनेत गरेर अग्रस्थानमा नाम निकाले बापत पढ्न पाउने अधिकार हो। भने देशको स्वास्थ्य सेवा सुद्रिढ गर्नु राष्ट्रको दायित्व हो । तर कसैलाई दाम्लोमा बाँधेर मात्र त्यसको सुनिस्चितता गर्न सकिन्छ भन्नु नै भ्रम हो । यम् बि बि यस् पछि २ बर्ष दुर्गम र सुगममा करार सेवामा जानुपर्ने बाध्यता छ । त्यही दुई बर्षमा बिभिन्न परिस्थिती र स्थिती भोगेर र खुरापात देखेर नै बिरक्त हुन्छन् धेरै जना । मन कुन्ठित हुन्छ । बाध्यात्मक पलायनबाद सुरु हुन्छ । त्यसैले रहर भन्दा बाध्यता नै भन्नुपर्छ । त्यही कुरा पुन : यम डि पस्चात् ५ बर्षको बन्धनको सेवामा दोहोरिने सम्भावना छ । त्यो पूरा गर्दागर्दै कपाल फुलिसक्छ । तर पनि पढाइ सकिँदैन । पढाइ नसकिनु पीडा हैन । त्यसको मर्म कसैले नबुझ्नु पीडा हो ।
सबैको लागि समुन्नत र इज्जतको पेशा डाक्टर । आर्थिक सुरक्षाको मोहले डाक्टर पढ्नु भ्रम हो । लगानी गर्दा लाखौंमा र सेवा गर्दा हजारमा गर्नुपर्छ । ब्यक्तिको आशा अनुरुप पटक्कै मिल्दैन । इज्जतको पेशा भन्ने हो भने लापार्बाहीको सस्तो न्वारन ब्याप्त छ । भौतिक र आर्थिक दुबै क्षति हुने । यस्तो हुनुमा जनमानसको बढ्दो आशा र अल्पज्ञान तथा स्वास्थ्य क्षत्रको ब्यापरीकरण कारक तत्व छन् । जे भएपनी यो पेशा असुरक्षित हुँदै छ । दुबै आर्थिक र भौतिक रुपले असुरक्षा । सम्मानित भएर पैसा कमाउने सोचले यो क्षत्र प्रबेश गर्नु नै गलत हुन्छ । न सरकारले सम्बोधन गर्छ । न आफ्नो पढाइ समयमा सकिएर कमाउन सकिन्छ । उमेरको दुई तिहाइ नै विद्यार्थी जीवन । । यो त बिसुद्ध सेवाको पेशा हो ! निस्वार्थ सेवा । चालिस कटेसी रमाउने भए सोच्न राम्रै हुन्छ ! सरकारको आदर्शबादी सोच मनन गर्ने हो भने त उमेर ५० पुग्छ होला । के गर्नु ! डाक्टर मात्रै आदर्शबादी हुनुपर्छ यो देशमा !
त्यो दुब्लो ज्यानको प्रगती र हाम्रो देशको प्रगती उस्तै हो । दुबै मन्दगति । काँचुली नै फेर्ला भन्ने आश छैन। । अरु कुनै बिषयमा नलाग्ने बन्धन हाम्रै बिषयमा छ । यता त्यही बन्धन एक किसिमले ब्यक्तिगत प्रगतिको ब्रेक हो । उता ओहदावालाको खराब नियतले देशको प्रगतिमा ब्रेक सादाबाहर छ । देशको प्रगतिमा टेवा पुग्ने भए त हाम्रो दुई बर्ष समर्पण् गर्न हुन्थ्यो । यहाँ त ५ बर्षको बन्धन थोपर्न खोज्दै छ नेपाल सरकार । अझै मन्दगति हुने भयो ब्यक्तिगत बिकास । देशले उन्नती गरे आफ्नो पनि उन्नती होला । आफुले उन्नती गरे देशले उन्नती गर्ला । त्यसरी बाँध्नै पर्छ र ? नेपालमा जन्मिएर सुबिधा अमेरिकाको जस्तो खोज्नु मुनासिव त नहोला । तर चिकित्सा पेशालाई यथोचित सम्मान दिन नसक्नु राष्ट्रको कमजोरी नै हो ।पहुँचवालाको अड्डामा सुबिधा मस्त खन्याउने । तर काम भने अस्पातलमा मात्र चुस्त खोज्ने प्रब्रित्ती । “ तिमीहरु त चौबिसै घण्टा सजग हुनुपर्छ । नाइनास्ती हुँदैन। “ भन्दै घुर्की देखाउने बेलाबेलामा । “ श्रमको मूल्य उचित भएन । हजुर । “ भन्दा कानमा तेल हालेर बस्ने । अर्थ मन्त्रालय ,अख्तियार ,महालेखा, भन्सार ,अदालतमा भने कानेगुजी पनि सफा गरी सुन्ने हाम्रो सरकार । यो पीडाबोध कसैले बुझ्न् सक्दैनन् । डाक्टरलाई बाँधेर तह लगाउन खोज्नु, तर सम्पूर्ण राष्ट्रको स्वास्थ्य हेर्ने चिकित्सा क्षत्रको सुबिधामा कन्जुसी गर्नु कहाँ सम्म न्यायोचित होला ? स्वास्थ्य क्षत्रको बिक्रिती बढार्न र गुणस्तर बढाउन सारा नेपालीका निम्ती अनसन बसेर लड्ने श्रद्धेय डा के सि को माग त पूरा गर्न आनाकानी गरिने हाम्रो देशमा अरु केही सकारात्मक प्रगती होला भन्ने कुरामा दुबिधा छ ।
सन्तुष्टि र सुखलाई जिवनको गन्तब्य मान्नुहुँदैन । त्यो गन्तब्य त कहिल्यै पूरा हुन सक्दैन । किनभने ब्यक्तिसँग मानौँ ९९ प्रतिशत इच्छा पूरा भएको छ भने पनि उसले त्यसलाई १०० बनाउन खोज्छ । बिडम्बनाको कुरा हो । त्यो सधैं ९९ नै रहन्छ । आफ्नो बाली भन्दा अरुको बारीको बाली राम्रो देखिन्छ । शायद मानबिय प्रब्रित्ती नै होला । त्यसैले डाक्टरी पेसालाई समय अनुरुप केलाउँदा धेरैले सन्तोषजनक नदेखेको । संघर्ष सबै बिधामा हुन्छन् । चिकित्सा बिधामा मात्र संघर्ष र दिक्दारी बढ्दो छ भनेर भन्दिन । तर यो बिधामा होम्मिन लालायित ति हजारौँ मनहरु एक पटक सोचेर मात्र मरिहत्ते गर्नु उत्तम होला भन्ने मेरो निचोड छ । सुख र सन्तुष्टी त एउटा यात्रा हो । त्यसलाई गन्तब्य बनाएर यो पेशामा प्रबेश गर्नु भबिष्यमा दिक्दार हुनु हो । तर सुख र खुशीलाई यात्राको साथी बनाएर अगाडि बढ्न सक्ने मन छ भने यसका रङिन आयामहरु रहरलाग्दा छन् । त्यसको चर्चा कुनै दिन गरौँला । अब निर्णय गर्ने जिम्मा तिनै पुतलिसडकतिर केन्द्रित मनहरुलाई । जो अहिले दिग्भ्रमित छन् । अघिल्लो बिश्वकपमा अर्जेन्टिनाबाट विश्वकप खेलेको मेस्सी र नेपालका डाक्टर एउटै हुन् । गोल खाने र बस्ने । एक्लो ब्रिहस्पती जहाँको त्यँही ।
डाक्टर पढ्न मरिहत्ते नगर्ने हो भने शायद कोचिङ सेन्टर आदिलाई घाटा होला । त्यसैले कोचिङ सेन्टर जाने हो भने डक्तर भन्दा अरु कुनै बिषय नै छैन जस्तो गरी ” ब्रेन वास ” गर्छन् । तर त्यो भ्रममा पर्नु मुर्खता हो भने त्यो भ्रम भएका ठाउँमा पढ्न जानु महामूर्खता भन्दा केही हैन । त्यसैले यदि भर्खर दिएका प्रबेश परिक्षामा नाम ननिस्किएको हो भने धेरै चिन्ता मान्नुपर्दैन । भाग्यउदय भएको भनी खुशी हुनु। यो दसैंको सबैभन्दा ठुलो दक्षिणा त्यही हो भनी मान्नु मुनाशिव हुनेछ । बाँकी सबै भाइबहिनिहरुको इच्छा । पछि दाइले सजग गराएन भनी नभन्नु ।
“आफूमात्र डाक्टर हुने । अरुलाई हुन नदिने “। भनेर मलाई खुरापाती भन्लान् । त्यो बर्गलाई म सम्झाउन सक्दिन । पूर्णरुपले ” ब्रेन वाश” भएको मस्तिष्कले आँफै भोग्न पर्छ । तर सत्य सत्य नै रहन्छ । आँफै भोगेर बिचार गर्छु भन्ने हो भने केही छैन । फर्किने बाटो छैन । पहिले नै सजग हुनु । जीवनको उर्बर उमेर खेर फाल्छु नै भनेर हाम फाल्ने हो भने कुनै आपत्ति छैन ।
त्यही धेरै बर्ष पहिलेको दुब्लो ज्यानको मनोभाब आज शब्दहरुमा उत्रिने प्रयास गरेको छ । त्यो अझै पनि दुब्लो नै छ । कुनै दिन सात्विक तरिकाले सुहाउँदो मोटाएछ भने पुन: शब्दबाट भेटौँला । धन्यवाद । ।
उही
समयको दर्शक
Being a doctor in Nepal is not easy.
ReplyDeletePeople congratulate you, appreciate you; but no one knows how many times you were fucked.
But finding some enthusiastic doctors like you, silver lining of hopes are alive Dai.
Sapai marna lagisakyo enthusiasm. I don’t want coming generations to be f**ked
ReplyDeleteA ground reality... bhogne lai matra tha chha...
ReplyDeleteनियम बनाउने ब्यक्तिले आफुलाई अरुको स्थानमा उभिएर हेर्न नसकेको र बिना अध्ययन पेल्न खोजेर नियम बनाउन खोजेको देखिन्छ । - तेसैले त हामिजस्तो युवा र आफ्नै profession को ब्यक्ति हरु Policy level मा आउनु पर्ने देखिन्छ ।
ReplyDeleteThis Blog is so real scenario of Nepal, So touching. All MBBS dreamers must read this blog...
ReplyDeleteIn our country DOCTOR word and profession is socially respected but Inside it is empty...Hope in future it will change.
ReplyDelete