उनको फोन नम्बर ।



मनले त उनलाई रोजिसकेको थियो । उनको खोजीकार्यका लागि भएको व्याकुलतालाई नै लेख्दा एक अनुचछेद बन्थ्यो होला । सामाजिक सन्जालमा खासै सकृय नरहेको कारण उनलाई भेटाउन मुस्किल हुने पक्का थियो  । सायद भाग्यले साथ दिने सोचेको रहेछ । इन्स्टामा फेला पारेँ । उनलाई इन्स्टामा फेला त पारेँ । तर इन्स्टाको प्रोफाइलको फोटो बाहेक अरु सबै हेर्ने अनुमति रहेनछ । सो अनुमतीको लागि उनलाई फलो गरेँ । अब अर्को व्याकुलता थपिएको थियो । के उनले स्विकार गर्लिन् त एक पटक मात्रै देखेको व्यक्तिको अनुरोधलाई ? एकपटक देख्दैमा उनले रुचाउने संकेत देखेको थिइन । उनले फलो गर्लिन् भन्ने झिनो आशमा राती सुत्ने बेलामा हेरेँ । केही उत्तर आएको रहेनछ। मेरो झिनो आश पनि मनको आशाको त्यन्द्रोमा अड्किन पुग्यो । जुन टुट्ने पक्कै थियो ।
अर्को दिन पनि उनको सम्झना आइरहयो । यसरी मलाई कसैले प्रभाव पारेको थिएन । त्यो प्रभाव सामान्य  आकर्षणभन्दा बढी नै थियो । मेरो मनले त उनलाई रोजिसकेको थियो । उनको बानी व्यवहार आदि केही थाहा थिएन । तर म आकर्षित भइसकेको थिएँ । प्रार्थना गरेको थिएँ कि उनी सबै कुराले अब्बल होउन्। रुपले मात्रै  त धोका दिन सक्छ । तर मलाई यति विस्वास थियो । उनी मलाई मन पर्नेछिन्।  किनभने उनको नजिक हुँदा त्यो आभास भएको थियो । विवेकले सोचेको होइन  । विशुद्ध मनले खेलेको लिला थियो । त्यो नदेखिने अब्स्ट्राक्ट मनलाई कसरी प्रमाण माग्नु ? कसरी ठिक बेठिकको तराजुमा तौलिनु ? कसरी निर्दोष र अपराधी छुट्याउने विवेकको अदालतमा उभ्याउनु ?    यसैलाई सायद Intuition भनिन्छ होला । 

अब त उनले मेरो अनुरोध स्विकार गर्दिनन् भन्ने मलाई निस्चित भइसकेको थियो । निराशामा मान्छेले सोमरसको साहारा लिन्छ । तर म अझै निराश हुन चाहन्नथेँ । त्यसमाथि सोमरसले मलाई आकर्षण गर्दैन । कहिले कसो सानो पलले फरक पार्ने रहेछ । राती नौ बजेतिर ipad हेर्दा उनले फलो व्याक गरेकी रहेछिन् । कुरा कसरी सुरु गर्ने भनेर म अल्ल्मल्ल परेको थिएँ । तर पनि आफै सुरु नगरी नहुने मैले बुझिसकेको थिएँ ।  कहिले कहिले त कसले सुरु गर्ने भन्ने हुन्छ नि ! तर यहाँ मैले नौ सुरु गर्नुपर्ने थियो । आशामा जिन्दगी अडिएको हुन्छ । उनलाई " Hi" भनेर लेखी पठाउँछु । त्यसपछि सोध्छु " के तिमी कसैसँग आफ्नो मनलाई बाँधेकी छौ ? " 
किनभने कसैको बाँधिएको मन फुकेर बसाइ सर्न निकै गार्हो हुन्छ । स्वतस्फूर्त मन आफै नसरेको अवस्थामा भने त्यो सर्दैन पनि । त्यसको उत्तर "छैन " भनेर मेरो मनले चिताएको थियो । नभए त कुरा सुरु गर्दा नै ब्रेक लगाउन पर्थ्यो ।  केही घण्टापछि आशा गरे अनुसार उनले कसैसँग हाल मन नबाँधिएको स्पस्ट गरिन्। त्यसपछी अलि अलि कुरा गर्न खोजेँ   । के कुरा गर्दा ठिक हुने के गर्दा बेठिक हुने भन्ने हेक्का भने मलाई हुँदैन  । साथिहरु भन्ने गर्छन्  केटीसँग कुरा गर्दा तौलेर गर्नपर्छ । आफुलाई कहिल्यै अनुभव थिएन ।  युद्धमा लड्न गएको पनि त हैन पाइला फुकि फुकि कदम चाल्नुपर्ने । बम नै त नपड्केला ! जे होस् । कुरा गर्न मन लागिरहन्छ । आफ्नै मनलाई निमोठेर फाल्दिम् जस्तो पनि हुन्छ बेला बेला । एकतर्फी रुचि स्पस्ट हुन कति नै समय लाग्छ र ! बालुवामा पानी हाल्दा हराउने मात्रै हो । उनीसगको कुराकानी पनि त्यस्तै थियो । उनलाई कत्ती रुचि थिएन भनेर मैले राम्रौ बुझेको थिएँ । मेसेजको रेप्लाई गर्ने तरिका,  समय र प्रसङ्गबाट जाँगर भएको नभएको थाहा पाउन धेरै गार्हो हुन्न । उनले रुचि विना नै मेसेज रिप्लाइ गरेको महसुस हुन्थ्यो। त्यसैले मलाई पनि यो फिल्मी कुराको पछडी लाग्न मन हुँदैन । फिल्ममा मात्रै होला एक पटक देखेरै माया बस्ने । माया त परको कुरा हो । यहाँ त नैसर्गिक आकर्षण सम्म एकतर्फी थियो । उनको यस्तै बानी होला भनेर कुरा गरिरहन्छु । मनले उनलाई रोजिसकेकोले होला घमन्डीको स०ज्ञा  दिन मन हुन्न । प्रमाणविनाको विश्वास परमात्मामा गरिन्छ । त्यस्तै मलाई पनि समयमा विस्वास थियो । समयले भेट गराउनु अकारण भने पक्कै नहोला भन्ने आफ्नै सिर्जित विस्वास  । म उनको मेसेज कुरेर बस्थेँ। तर उनले मेरो मेसेज कहिल्यै कुरिनन् । म बेरोजगार । उनी रोजगारमा भएर होला भनेर चित्त बुझाएँ । सानो सानो कुराले चित्त बुझाउने कस्तो नराम्रो बानी मेरो । यस्तो बानी नभएको भए म उनको बाटो हेरेर बस्दिनथे होला । 
एक दिन उनको फोन नम्बर माग्ने मन भयो । के थाहा ! फोनमा कुरा गर्ने वातावरण मिल्यो भने कनेक्सन बन्थ्यो  कि । झिनो आश भएपनि म फोन नम्बर मागेँ । उनले सोझै अस्विकार गरिन् । उनीसँग  पहिलो पटक मेरो चित्त हल्का भारी भयो । मैले फोन गरेर उपद्रो गर्ने पनि होइन । न त उनलाई दुख दिने नै नियत थियो । असल नियतमा कसैले शंका गर्दा  चित्त भारी हुन्छ  भन्थे । हो रहेछ । कुटिल नियतले गरेका क्रियाकलाप पो कृत्रिम हुन्छ । चित्त भारी हुँदैन  । बरु ईर्ष्यालु हुन्छ । कार्यसिद्धी मात्रै मुख्य उद्धेश्य हुन्छ  । त्यसैले म कुरा नगर्ने निर्णय गर्छु । मेरो मनको हितका लागि  सोच्छु उनी घमन्डी नै रहिछिन् कि । इगो शान्त नगरे मन बिरामी पर्छ । त्यसैले जो समयको इच्छा भनेर कुरा नगर्ने निर्णय गरेँ । मेरो आफैमाथी विस्वास उड्न खोजेको थियो । प्रमाणविना कसैमाथी आफ्नो मन बिसाउन नहुने रहेछ । मनमा काउकुती लाग्नबाट रोक्न पर्ने रहेछ ।  तर के अचम्म भएछ उनले नम्बर दिइन् ।  

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा