यो तिनपानिको महिमा !

यो तिनपानिको महिमा !

मनको शान्ति र अनुहारको कान्ति उडेको जस्तो देखिने कालो कालो अनुहारमा अरुण ऊपत्याका जस्तै खाल्टो परेको गाला , सुकेर हड्डी देखिएका हातहरु , पेट डम्म  सुन्निएको , खुट्टा सुन्निएको , लामो लामो सुस्केरा सहित श्वास   तान्ने प्रयासमा बेड न. ४ मा बेड्को छेउमा खुट्टा झुन्ड्याएर बसिरहेकी   अन्दाजी ४५ बर्षकी  महिला देखेर सुरुमा फेरी अर्को सोमरसको महिमाले जिर्ण तुल्याएको शरीरको अवस्था टुलुटुलु  हेरेर निरीह बस्नुपर्ने जस्तो लाग्यो ।  "कति  दिन भयो भर्ना भएtको ?" मैले सोधे ।  " २ दिन भयो " , बिरामीको आफ़न्तिले उत्तर दिए ।  " पेट सुन्निएको रहेछ ।  पहिले तिनपानी धेरै लिनुभएछ जस्तो छ ।  यो तिनपानिको महिमा अपरम्पार छ ।  छ ।  "

"डा. साब ।  मैले आज सम्म रक्सि कस्तो हुन्छ थाहा छैन ।  " , लामो सुस्केरा तान्दै भनिन् ।  त्यसपछि भने मलाइ झस्यांग भयो ।  आफ्नै दिमाग पनि मन्द गतिमा अग्लो फलामे डन्डिमा झुन्डिएको सलाइनको बोत्तलबाट थोपा थोपा गरि झरिरहेको जस्तै सुस्त लाग्यो ।  कस्तो पुर्बाग्रह सहित र हेयले मैले त्यो पूर्वनुमान लगाएर मदिराको  महिमा ठानेको रहेछु ।  फाइल पल्टाएर हेर्दा पो बल्ल वास्तविक कुरो थाहा भयो। उनको त रोगको निदान नै हुन गर्हो परेको रहेछ ।  जे भये पनि कालेजोको समस्याका कारण उनको त्यो अवस्था भएको मा भने संका थिएन। कुरो के भने रक्सिको कारण भने थिएन।

उनको  जिवन पल पल द्रुत हुँदै अन्त्यतिर लागिरहेको थियो र त्यो मन्द गतिमा प्रबेश गरिरहेको सलैनको थोपामा भने आयुको रफ्तार कम गर्ने तागत भने थिएन ।  प्रेसर निकै   कम भएर डोपामिन नामको औषधीले उनको रक्तसन्चारमा टेवा दिएको रहेछ ।  तर त्यो औषधीले २ दिन्सम्म पनि प्रेशर राम्रो सँग सुनिएको थिएन ।  कस्सो जीवन भने अडिएको थियो ।  केही दिनको बसाइपछि तिहार अगाडि बिदा मागिन ।  " डा. साब ।  मलाई छुट्टी दिनुपर्‍यो ।  अब जे पर्ला घर जानुपर्‍यो ।  " बिदा त मागिन ।  तर मलाई भने पठाउन आफ्नो धर्मले दिदैनथ्यो ।  डोपामिनको झिनो बलमा अडिरहेको जीवन घर पठाउदा इहलीला समाप्त हुने प्रबल सम्भावना थियो ।  तथापी बिरामीको इछ्याko पनि कदर गर्नुपर्ने हुँदा घर पठाउनुपर्‍यो ।

यो सानो घटना भयतापनी मेरो लागि भने एउटा अन्तस्करनमा चसक्क पारेर छाप छोड्यो ।  धेरै जसो मदिराको महिमास्वरुप त्यस्तो देखिने हुँदा अरु कारण सुचीमा पछाडि परेर त्यस्तो प्रतिकृया आयो कि जस्तो पनि लाग्छ। रक्सी सेवान गरेर कालेजो बिग्रेकाहरुप्रती त्यती सहानुभुति  भने मलाई कहिलै नाअएको चाँही पक्कै हो ।  त्यस्तो सहानुभुति  नभए पनि उपचार्  गर्न भने कहिलै आनाकानी भने गरेको छैन ।  आफु पूर्वग्राही भएर सोच्दा ब्यबहार पनि समान नहुने कुरो भने पक्क हो ।  ति बिरामीको अवस्था झट्ट हेर्दा भने रक्सिको कारण भनी नसोची पहिलाउनु भनेको मेरो गल्ती थियो  मेरो पुर्बाग्रह  थियो मेरो भ्रम थियो ।  र यो घटना मेरो लागि एउटा आँफैलाई बुझ्ने मौका थियो भन्ने लाग्छ ।  यस दिपावलिको अबसरमा मेरो सदबुद्धीको ग्राफ उकालो लागिरहोस् ।

उही
ज्ञानको खोजकर्ता
समय : २०७३कात्तिक १९ गते ;९ बजे राती ।

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।