अब त पढ्छु ।

अब त पढ्छु ।

आज त पढ्छु   अति नै भयो भनेर बिहानै उठ्ने साइत खोजेको नि आज १८ महिना बितिसकेछ ।  समय त चिप्लिदै जादो रहेछ ।   किताबका पाना नपल्टाएको पनि आज १८ महिना बितिसकेछ ।  कसो भोलि त पड्चु भनेर नभनेकोमा चाँही खुशी नै हुनुपर्ने अवस्था लाग्छ ।  नभए त भैरब अर्यालले भनेको जय भोलि पूर्ण  सार्थक हुन्थ्यो होला ।  तर जय भोलि अहिले जय आज भएको अनुभब हुन थालेको छ ।  भोलि त आउदैन भन्ने थाहा थियो ।  अब त आज पनि नआउने र छेपाराको शास्त्र जस्तो भएकोमा आँफै लाई अचम्म लागेको छ ।  जीवनमा जस्तै पढाइ मा पनि उतारचडाब  हुनु स्वाभाबिक रहेछ ।  पढ्नु पनि बानी रहेछ ।  बानी बिग्रिएपछी सुध्रिन गार्हो ।  
म त पढ्ने मान्छे पो हो भन्ने कुरामा घमन्ड पनि उम्रिएको थियो कुनै बेला ।  त्यो स्वाभाबिक पनि थियो किनकी म कुनै खेल खेल्ने गहिरो अभिरुची पनि थिएन ।  म टाइम पास पनि किताबका पानामा गर्न सक्ने सामर्थ्य राक्थे । तर त्यो सेखी आज सप बिलिन भैसक्यो ।

समय पाए भने त अबस्य पढ्छु भनेर गुल्मी जिल्ला अस्पतालमा भएको पोस्टिंग बाट रिडी सरुवा गर्न नि एक वर्षा लग्यो ।  तर रिडी सरुआ गर्ने बेलामा लोकसेवाको नतीजा प्रकाशन भयो र नाम पनि निस्कियो. ।  .जुन कुरो मलाई विश्वास नै थिएन ।  किनभने मैले राम्रोसंग पढ्न पाएको थिएन ।  सप दोष जति कामको व्यस्तता र समय अभाबमा थोपेरर आत्मसन्तुस्टी लिएको थिए ।  हुनपनि गुल्मी मा काम चाहि बढी नै हुन्थ्यो ।  पढ्नलाई बुक बाट गार्हो भयो र अब चाँही टेबलत किनेर तेस्मै पद्नुपर्यो भनेर ipad  पनि किनियो ।  तर तेस्को काम पनि किताबका इलेक्त्रोनिक भर्सन राख्ने मात्र भएको छ ।  अहिले मलाई  समय निकाल्न समस्या छैन तर पनि समय निकालेर पढ्ने काम भने गर्न सकिएको छैन ।

पढाई प्राथमिकता हो भन्ने कुरामा दुबिधा छैन र हुनु हुदैन ।  डक्टर दुर्गाम्मा जान मन लगेर त खोज्दै खोज्दैनन् ।  त्यसैले त्यसको मुल्य अलि दुर्गमको अंकmaa बढी गरिएको होला ।  तर ब्यभारिक्तामा दुर्गमको phc रोजाइमा  पर्नु नि स्वाभाविक नै हो किनभने जिल्ला अस्पातलमा नाइट ड्युटी  गर्नुपर्ने बाध्यता देखिन्छ ।   जसले गर्दा पढाईको लागि समय भने मुस्किल हुन सक्छ ।  त्यसमाथि जिल्लाको भन्दा phc मा अंक पनि बादी पाइने र पढ्न नि सजिलो हुने भएको हुँदा सबै डाक्टरहरु त्यतै हुल्लिन खोज्नु स्वाभाविक नहोला त ।  अब अहिलेको परिस्थिती कस्तो छ भने जिल्लामा डक्टरले  नाइट ड्युटी   लगायतका बिभिन्न काम गरेर सेवा पुर्याएको हुन्छ ।  तर तेही जिल्लामा मरिमरि काम गर्नेको बढुवा पनि अंक कम हुने र पढ्नका लागि पनि अंक कम हुने ।  यो चै कसरि न्यायपूर्ण हुन सक्छ र ? अनि अलिकत टाठा बाठाहरुले चाँही  सरुवा गरेर phc मा गएर जिल्लाको तनाब बाट मुक्त हुन्छन र अंक पनि बढी प्राप्त गर्छन ।  काम गर्न गाह्रो भन्दा पनि एक जना चाँही मरी मरी काम गर्दा अर्को तिर आबस्यक्ता भन्दा बढी  सन्ख्यामा डाक्टरहरु भएर १० देखि २ को काम मा पनि आलोपालो गरेर हप्तामा केहि दिन मात्र गएर अरु दिन चाँही कागज्मा हाजिर र वास्तवमा छुट्टीमा बसेको देख्दा कसलाई पेलिएर काम गर्न मन लाग्छ र ।  अबस्यक्ताका आधारमा भन्दा पनि हचुवा तालमा नियुक्ति गरिनुले असमान कामको बोझ परेको यथार्थ   देख्ने जिम्मेवार व्यक्ति को हो त ? जनसक्तिको सहि उपयोग नहुँदा  एकातिर मोज गर्ने र अर्को तिर पेलिने अवस्था भैराखेको छ ।


पढ्नका लागि पनि भित्रै देखि उर्जा चाहिने रहेछ ।  त्यो उर्जाको खोजीमा आज धेरै दिन बितिसकेछ ।  समय बित्दै गएपछि जब परिक्षा  नजिक आउछ तब भय सिर्जना हुन्छा र बल्ल उर्जा आउने हो कि भन्ने लाग्छ ।  समयसंगै दिमागका कोशीका पनि बुढा हुँदै जान्छन  र टेर्न छोड्छन  कि भन्ने भय भने सधै भैरहंछ ।  म त प्रेरणाको प्रतिक्छ्यमा छु ।  तर त्यो प्रेरणा कता हो कता हराएजस्तो पो लाग्छ ।

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा