एकाबिहानै दिब्यज्ञान !!

एकाबिहानै दिब्यज्ञान   !!

बिहान अबेरसम्म सुत्नु त सामान्य बानी नै भइसकेछ  ।  त्यसपछि  उठ्नेबितिक्कै मोबाईल हातमा लिएर नेट नचलाएसम्म त के नपुगेजस्तो  हुन थालिसकेको छ । बिहान ब्रह्ममुहुर्तमा  उठेर करदर्शन गरेर प्रक्रिती र ईश्वरप्रती अनुग्रहित भएर मात्र दिनचर्या  अघि बढाउने चलन त प्राय : लोप भैसक्यो ।  अब त उठ्नेबित्तिकै नेट जडान गरेर त्यो पहिले हेल्लो भन्ने बक्सोमा टुङ तुङ् आवाज आएर कहलिएको सामाजिक सन्जालको उपस्थिती जनाउनै पर्‍यो ।  मेरोमा पनि त्यस्तै  आवाज आयो र के अाइपुगेछ त भनेर हेर्दा एउटा साथीले मलाई प्रश्न पठाएको रहेछ ।  " शम्भु ! तिमीले यो च्याट फेस्बुक आदी बाट के असाधारण प्राप्त गर्यौ ? "

कस्तो गम्भिर प्रश्न ! एकाबिहानै गुरुको प्रबचनका दिब्यबाणि सुने जस्तो भयो ।  केही समय सोचमग्न भएँ ।  केही समय मौन रहेँ ।  केही बेर मनमा अशान्ति   भयो ।  आफ्नै अन्तर्मनलाई प्रश्न गरेँ र उत्तरको आशा गरेँ  ।  तर कतैबाट पनि मन शान्त पार्ने चित्त बुझ्दो उत्तर भने आउन सकेन ।  अनि बेवास्ता गरेर त्यस प्रश्नको उत्तरमा  अल्झिन छोडेर नित्य कर्म गर्न लागेँ ।  स्नान गर्ने बेला पानी शरीरको धुलो पखाल्दै बगिरहेको थियो र दौडिदै स साना प्वाल भएको दुलोमा बिलिन भइरहेको थियो ।  साथमा  २२ महिनादेखिका मेरा कृत्यहरू मानसपटलमा  एक पछि अर्को गर्दै हत्तारिँदै  ठेलम्ठेल गर्दै थिए ।  ब्यग्र मन लिएर फर्किएपछी दराजमा प्रतिक्षारत किताबमा दृष्‍टि पर्‍यो । अनि  ती निर्दोष किताबहरुले गिज्याइरहेको जस्तो भान भयो ।  दिमागले त हिसाब पो गर्न थालेछ ।  सालाखाला ४ घण्टाका  दरले २२ महिनासम्म हातका   अौँलाहरु  मोबाईलका बटन  थिचेर धेरै नै तिखारिनुपर्ने हो ।  यसो औलामा हेरेको त उस्तै छन त ! न त स्नायुका तन्तु नै तिखरिए न त हात नै ।  कुनै रचनात्मक  कार्यसिद्धी हुनसकेको भए सन्तोष मान्ने ठाउँ  हुने थियो ।  यसो किताबका समिपमा गएर धुलो टक्टक्याउँदै  एउटा पुस्तक निकाले र मुसार्न थालेँ ।  फेरि  अर्को दिब्यज्ञान    किताबका शुभरम्भमै आफ्नै अक्षरमै लेखिएको रहेछ ।  " कर्म बिनाको सपना फलिभूत  हुँदैन ।  " त्यो सत्य अबचेतन मस्तिस्क बाट उत्खनन भएर बर्तमानमा मुल्याङ्कन गर्ने आधार बन्यो ।  सन्तुलन आबस्यक्ता हो ।  खानाको सन्तुलन ,मनको सन्तुलन ,आध्यत्मिक सन्तुलन ,सबै सन्तुलन हुन सकेमा सहजताका साथ जीवन डुंगा चलिरहन्छ ।  रमाइलो गर्नु र उद्देस्य प्राप्तिको पनि सन्तुलित कर्म हुनु अपरिहार्य हुन्छ ।

अब सुस्ताएका स्नायु कोशीकाहरुलाई जगाउन पर्ने बेला भएको  महसुस भयो ।  हासिमजाक र  च्याट्को अद्रिश्य आकर्षणबाट  टाढा हुनुपर्ने देखिएको अनुभब भयो ।  नभए समयले राम्रो पाठ सिकाउनेछ जुन बेला म PG  चोकमा  उभिएर समकालीन  साथीहरु एउटा एउटा बाटो हिंडेर त्यो चोकलाई केही बर्ष पछि  छोडेको हेर्नुपर्नेछ ।  कुनै बेला त म जान्ने ब्यक्ति भनेर  रमाएर बस्नु भनेको अतितको उपलब्धिमा रमाउनु  हो ।  जुन कुरो समयले धेरै पछाडि छोडिसकेको हुन्छ ।  जे होस् दिब्यज्ञान प्राप्ति भएको यो छाप रहिरहोस् भन्ने दुर्गा माता बाट बिजया दशमीमा कामना गर्दछु ।

उही
भड्कियेको मन
समय : २०७३असोज २२ गते  
           ७ बजे बिहान

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।