रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु ।
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु । औपचारिक विद्यार्थी हुनु एउटा स्वर्णिम समय हो । त्यो समयमा अध्ययन र ज्ञान आर्जन गर्ने बाहेक अरु उद्देश्य खासै हुँदैन । आधा उमेर नै औपचारिक शिक्षामा व्यतित गर्नुपर्ने मेडिकल शिक्षामा त्यो उर्वर उमेरको लगानीको प्रतिफल भने उहि आत्मसन्तुष्टि मात्रै त होला । नेपालमा मेडिकल शिक्षा सुधारका अनेक पक्षहरु छन् । त्यसमा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र पारदर्शी हुनु निकै आवस्यक देखिन्छ। न्यूनतम ज्ञान र सिपको अपेक्षा व्यक्तिले गरोस् या नगरोस् , त्यो शिक्षाग्रहण हेतुले बिताएका अमूल्य उमेरले अवस्य गर्छ । समय समयमा रेजिडेन्ट चिकित्सकहरुले न्यूनतम पारिश्रमिक , ड्युटी गर्ने वैज्ञानिक समयको आवाज र आवासको लागि आन्दोलन गरिरहनुपर्छ भने ती रेजिडेन्ट चिकित्सकहरुको मनमा कति धेरै आन्दोलनहरु हुन्छन् होला । कहिले बिरामीका पीडाले आन्दोलित गर्छ । कहिले रोग निदान नभएर आन्दोलित हुन्छ । बेला बेलामा सिनियर चिकित्सकहरुले रेजिडेन्टमाथि गरिने मनोवैज्ञानिक हिंशाहरु पनि बाहिरिने गरेका छन् । जुन मानवीय दृष्टिकोणले पनि मुनासिव हुँदैन ।...