डाक्टर र पलायन

डाक्टर र पलायन

" दाइ  ! म त अात्तिसकेँ ।  सरकारले १० -५ सेवा भन्छ ।  आफ्नो त बेहाल छ। समयको टुङो  छैन ।  पढाई त डामाडोल छ ।  म त सर्नुपर्‍यो ।  "   एक जना छात्रब्रित्ति करारमा जिल्ला अस्पातलमा काम गरिरहेको  भाइले अप्रसन्न मुद्रामा सटिक वाक्यमा आफ्नो  दिक्दरी प्रस्तुत गरेको आभास भयो ।  यि थकित ब्यक्तिका शब्दहरु हुन्  कि अकर्मण्य  मनसिकताको उपज हुन त ! सोच्न वाध्य बनायो मलाई ।  शरीरको काम गर्न सक्ने पनि एउटा सिमा हुन्छ। त्यो सिमा नाघेको  दिन शरीरिक र मानसिक अवस्थामा बिचलन आउन सक्छ। शरीर कामको बोझले थाक्नु स्वाभाबिक हो। तर जुन दिन हृदय थाक्छ  ,त्यो दिन मुस्कान सहितको  सेवा भन्ने मर्म खोक्रो हुन्छ,  देखावटी  हुन्छ।

प्रसँग राष्ट्रबाट डाक्टरको पलायनको कुरो हैन। यो त एउटा कर्मथलोबाट थाकेको डाक्टरको मनको बिलौना हो  ।  यो त संचित दिक्दारिपना हो ।  त्यो कर्मथलोबाट उम्किन खोज्ने बिचारको प्रदुर्भाबले जन्मिएको पलायनवाद  हो ।  राष्ट्रबाट डाक्टरको पलायन त धेरै पहिले देखी नै मलजल गरी हुर्काइएको  संस्कार  हो। यदि कसैले यस कुरामा बेमति राख्छ भने एक दुई बर्ष अघिसम्म टिचिङ कलेज महाराजगन्जबाट उत्पादित डाक्टर कहाँ छन् भनेर खोज्दा  अमेरिका भन्ने बाहुल्यताबाट प्रमाणित हुन्छ ।  मन्त्रालय अन्तर्गत त म एमबिबिएस प्रबेश गर्नुभन्दा पहिलेदखि  नै दुई बर्ष करार सेवा नेपालमा गर्नुपर्ने समझ्दारी थियो ।  दुई बर्ष सकेपछिको  कर्मथलोको ठेगाना भने म एकिनका साथ भन्न सक्दिन ।

अहिले पनि छात्रब्रित्ती   करारमा २ बर्ष सेवा अनिवार्य  गर्नुपर्ने बाध्यताले उत्पादित डाक्टर छरिएका त छन् ।  तर पहुँच ,पाँडेपजनी र दामका आधारमा छरिँदा असमान  भएको जस्तो लाग्छ ।  त्यसैले त चिकित्सक परिचालन भएको भन्दा पनि छरिएको मान्नुपर्‍यो  ।  अतीब्रिस्टी र अनाब्रिस्टी दुबै प्रकृतिका असन्तुलनका सूचक भएजस्तै कार्यबोझ भन्दा डाक्टरको संख्या बढी र कम हुनु पनि असन्तुलन हो ।  पक्कै राम्रो फल आउँदैन ।  कि धेरै चुटिएर प्रतिफल राम्रो हुँदैन कि धेरै हाइसन्चो भएर जनशक्तिको कार्यसम्पादन   तन्द्रामा  जान्छ ।

पलायनवाद  झट्ट   हेर्दा अकर्मण्य मनसिकताको उपज देखिए पनि  कताकता सत्यता र बाध्यता हो कि जस्तो लाग्छ। करारमा सेवा गरिरहेका डाक्टरको  सुबिधामा सरकारले हरेक बर्ष अंकुश  लगाउँदै आएको छ। न त दुर्गममा  काम गरेको अंक प्राप्त हुन्छ न त बिदाका  सम्बन्धमा लचिलोपना देखिन्छ ।  मुगुमा गएर सेवा गर्नु र काठमन्डौमा बसेर सेवा गर्नु उस्तै भएपछि मुगु जान त मनको अन्तस्करणले  नै डोर्याउनुपर्छ   । सक्नेले भन्सुन गरेर सकेसम्म घर पायक आनन्दको ठाउँ नियुक्ती गराउँछ । कतै सिप नलाग्नेहरु अलि टाढा छरिन्छन् ।   त्यसैले दुर्गममा करारमा काम गर्ने डाक्टरलाई पनि प्रोत्साहन  गर्नुपर्छ ।  उनीहरुलाई हेर्ने दृष्‍टिकोण  सकारात्मक हुनुपर्छ ।  बितरिष्णाको बिउ जागिरको सुरुमा रोपिएअडाएर राख्न गार्हो हुन्छ ।   स्थायी डाक्टरलाई प्रथमिकतामा राखेर सुबिधा दिनुको कारण जुन ठाउँमा भएपनि अन्त्यमा सरकारको सेवा भित्रै हुन्छ भन्ने मन्यताले हुनुपर्छ। तर स्थायी  डाक्टरको पनि दुर्गममा जाने होड्बाजी हुनु अन्तस्करणले  भन्दा दुर्गमको अंकले एम. डि पढ्न सजिलो हुने भएर  हो भन्ने सत्य हो ।

सामान्यतया प्राथमिक स्वास्थ्य केन्द्र सदरमुकाम भन्दा बाहिर रहेकाले दुर्गम मानिन्छ ।  सरकारको केही समय अगाडिको निर्देशनले   प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तिमा दुई जना डाक्टर भनेर भनेको छ ।  अब अपबादलाई छोडेर प्राथमिक   स्वास्थ्य केन्द्रमा जिल्ला अस्पातलमा जति कार्यब्यस्तता हुँदैन जस्तो लाग्छ ।  कति ठाउँमा  त घाम तापेर सुन्तला र बदाम खाएर दिन कट्छन ।  त्यस्तै ठाउमा डाक्टरको  संख्या बढी हुनु बिडम्बना   हो ।  तर जिल्ला अस्पातलका हकमा भने कम्तिमा कति  जना मेडिकल  अधिक्रित  भन्ने कुरोमा सबै मौन छन्  ।  जहाँ अधिकाम्श अस्पतालमा दुई जना स्थायी मेडिकल  अधिक्रितको दरबन्दी हुन्छ ।  यो मेडिकल  अधिक्रित मात्र नभएर अरु स्वास्थ्यकर्मिका हकमा पनि लागु हुन्छ ।  प्रथमिकता नै प्रथमिक स्वास्थ्य केन्द्र भएपछी के गर्नु ? प्रथमिकता त आवस्यकता र सेवाको प्रकृति अनुसार  हुनुपर्ने हो ।

जिल्लाका कार्यालय प्रमुखको हाजिरि त रातो रङ्ले रङिएको नौलो कुरो होइन । गोष्ठि, मिटिङ, ट्रैनिङ  भ्रमण् प्रसाशनिक काम आदिले ब्यस्त हुन्छन् ।  ति गोष्ठि  , मिटिङ आदिमा भत्ता हुन्छ ।  भत्ता  भएपछी त १० देखी ५ बाहेकको समयमा राख्दा हुने हो ! केही अपबादका कार्यालय प्रमुख बाहेक अरुले OPD  बसेर बिरामी हेर्लान भन्नु त आश मात्रै हुन्छ ।  यो राष्ट्रिय समस्या हो भन्दा अतिसयोक्ती नहोला ।  दुर्गमको  अाधारमा सुबिधा दिनु राम्रो हो ।  तर कार्यब्यस्तता ,बिरामीको संख्या र सेवासमयको अंक ,बढुवा  र आर्थिक कुनै पनि रुपले कदर र प्रोत्साहन  नहुने हुँदा कर्मठ ब्यक्तिको हृदय अबस्य थाक्छ ।  ति थाकेका आँखाले केबल श्रमसोषण  नै देख्छ ।  सरकारले स्वास्थ्य संस्थामा १० देखी ५ OPD  सेवा दिने निर्देशन  जनप्रिय देखिन्छ ।  तर बाँकी रहेको समयमा पनि अस्पतालमा  बिरामी हेर्नुपर्ने हुन्छ ।  अझै अपरेसनको सुबिधा भएको केन्द्रको कार्यब्यस्तता  तुलनात्मक रुपले बढी हुन्छ ।  जिल्ला अस्पातल जिल्लाको अन्य स्वास्थ्यसंस्थाको रेफर  गर्ने ठाउँ हुनाले बिरामी सँख्या  अबस्य बढी हुन्छ ।  डाक्टर आफ्नो ड्युटी नसकिँदासम्म  तानावमै हुन्छ ।


 ।  "फलानो बेडको बिरामीलाई सुधार देखिएको छैन, फलानो बेडको डेलिभरी हुन बाँकी छ ।  ईमर्जेन्सीमा राखिएको बिरामीको रिपोर्ट आयो कि आएन । फलानो बिरामीलाई रिफर गर्नुपर्ने जस्तो छ । OPD   भिडभाड थियो। कतै कुनै बिरामीमा भुलचुक  त भएन । आज गरेको पोस्ट्मोर्टममा मृत्‍युको  कारण त्यही हो त  ? opd त सकियो ।  अब आजको राती कत्तिको सजिलो हुने हो ।  " आदि कुरा मानसपटलमा   घुमिरहेका हुन्छन्   ।  अब कहिलेकाँही  यसरी   दिमागलाई कसरत हुनु त ठिकै हुन्छ ।  सधैंजसो त्यही कसरत दोहोरिए त्यो कसरत तनाब हुन्छ ।  अनिंदो वा काँचो निद्राको रातपछि अर्को दिन आनन्दले सुत्न पाए त राम्रै हुन्थ्यो ।  त्यसो गर्दा आफ्नै समकक्षी साथी OPD   मा पेलिएको देखेर मनले मान्दैन ।  यतिका तनाब लिनुभन्दा त हाइसन्चो ठाउँ खोजेर बस्न पाएसम्म कसको मनले खोज्दैन होला र? सुन्तला खाएर दिन कटाउन मिल्ने र कहिलेकसो हाजिर गरेर काम हुने ठाउँका समकालिन  साथीहरु देखेर बिस्तारै जाँगर  मर्दै नजाला र !

आखिर तलब सबको एउटै हो । दुर्गमको भत्ता  मात्रै फरक हुने हो ।  सार्वजनिक बिदाको सेवा र अतिरिक्त सेवाको पारिश्रमिकको पाउनु भनेको फलामको चिउरा चपाएसरह हुन्छ ।  सट्टा बिदा र अतिरिक्त सेवा बिदा मिलाएर लिन त हुन्थ्यो ।  तर बिदा सहुलियत हो  सुबिधा होइन ।  पारिश्रमिकको दाबी गर्‍यो कहिले भत्ता पुगेन भन्छन् त कहिले हाकिमले सदर गर्दैनन् । कहिले मुस्किलले केही मात्रै चाख्न  पाइन्छ  त कहिले यत्तिकै आस्वासनमै नयाँ आर्थिक बर्ष सुरु हुन्छ ।अब नपेलिएको भनेर कसरी भन्नु ? काम गरिरहेको डाक्टरहरुमा पनि कसैलाई अपर्झट काम पर्छ अनि बिदामा बस्छ । त्यही बेलामा ट्रेनिङको चिठी आउँछ ।  बल्लतल्ल आएको ट्रेनिङ   नि जानै पर्‍यो ! तर ति आबस्यक तालिम डाक्टरको नियुक्ती दिनुभन्दा अगाडि पढाईकै दौरानमा दिएर पठाउँदा डाक्टरलाई कार्यस्थलमा काम गर्न पनि सहज हुने र संस्था खाली हुनबाट पनि जोगिने थियो नि ।  नियुक्ती भएर हाजिर भएको केही दिनदेखि नदेखेको पोस्ट्मोर्टममा  र अन्य मेडिकोलेगल केसमा  होम्मिन पर्छ ।  अनी कालान्तरमा अदालतले देशको  जुनसुकै कुनामा भएपनि झिकाउन आदेश दिन्छ ।

यहाँ हात धुन सिकाउने देखी लिएर अाइरन खानुपर्छ है भन्न सम्म ट्रैनिङ  हुन्छ ।  ट्रेनिङमा सीपको  मोह भन्दा पनि भत्ताको मोह हाबी हुन्छ ।  अब सबै जना कतै न कतै गएपछि जिल्ला अस्पातल बाहिर कार्यरत प्राथमिक स्वास्थ्य केन्द्रको डाक्टरहरुमध्यमा कोही एक जनालाई  काजमा बोलाउन खोज्दा कि त उनीहरु पनि बिदामा हुन्छन् कि ट्रेनिङमा कि त आउन हम्मे हम्मे हुन्छ ।  अब बाँकी रहेको कहिले एक जना त कहिले २ जना बुख्याँचाले मात्रै ५ जनाको कामको भार धेरै पटक लिन पर्दा पलायनवादको  बिचार  पलाउँछ ।  NGO  ले पनि सहकार्यमा सेवा दिएको जिल्ला अस्पातलमा सेवा भने राम्रो हुन्छ । सेवाको  सर्हाना गर्नुपर्छ ।  तर कार्यब्यस्तता पनि उस्तै हुन्छ ।  काम गरेर मात्रै  पनि भएन ।  आउँदो उच्च परिक्षाको तयारी पनि त गर्नुपर्‍यो !

" डाक्साप ! अस्पातलको  स्तरोन्नती त भएको हो ।  अस्ती दसौ तहको डाक्टर झुल्किनुभएको थियो ।  तर काठमाण्डौ गएपछि  देखिनुभएन । " म काम गर्न सुरुमा जाँदा त्यस अस्पतालको ईमर्जेन्सीका कर्मचारीले भनेका थिए । किन डाक्साप  फर्किएर आउनुभएन त भनेर सोध्दा हासिलो मुद्रामा  भन्नुभयो " डाक्साप ! न त प्राइभेट चल्छ ।  न त जनस्वास्थ्यसँग   जोडीएको छ। जनस्वास्थ्य धनस्वास्थ्य जस्तै  हो ।  यो जनस्वास्थ्यसँग छुट्टीएको अस्पातल पर्‍यो ।  धनस्वास्थ्य  छोडेर को बिसुद्ध कर्मस्वास्थ्यमा अाउँछ ? न भ्रमण आदेश हुन्छ । ........आदी ।  " शायद स्तरोन्नती भएका अस्पातलको अवस्था अन्य स्थानमा पनि यस्तै होला ।  स्तरोन्नती  भएर ५० बेड  ,अञ्चल आदी भएका अस्पातल अहिलेपनि प्राथमिक स्वास्थ्य केन्द्र जस्तै  छन्  ।  बिस्तारै बामे सर्दैछन् ।  छिट्टै आँफै उभिएर हिंड्न सक्ने होउन भन्ने कामना गर्नु बाहेक हामी काम गर्नेसँग बिकल्प छैन !

अहिले काम गर्नेभन्दा पनि पछिको पढाईको तयारी गर्ने ध्याउन्न बढी देखिन्छ ।  त्यो स्वाभाबिक पनि हो ।  पढाई कहिल्यै नसकिने गरी बिधा बिधा निस्किरहेकाछन् ।  प्रतिस्पर्धा प्रत्यक बर्ष तीखो हुँदै छ ।  सरकारले   १० -५ बाहेकको समयलाई स्वास्थ्य सेवाबाट सार्थक तुल्याइरहेका स्वास्थ्यकर्मीको उचित प्रोत्साहन  र कदर गरोस् भन्ने कामना छ ।  सबै जना निद्रामा सपना देखिरहेका बेला उठेर बिरामीको सेवा गरिरहेका स्वास्थ्यकर्मी  ,चिकित्सकको मर्म बुझ्नुपर्ने देखिन्छ ।

" दरिद्र हो नरमा नाउ कसको ,उद्धम बिना बित्दछ काल जसको ।  " भन्ने मनप्रिय श्लोकले कर्मशिल हुनुपर्छ भन्ने सन्देश दिन्छ ।  अकर्मण्यता ब्यक्ती बिशेषको  स्वभाब हुन सक्छ ।  कसैको अकर्मण्यतालाई  तुलना गरेर जस्तो भए पनि कर्मठ व्यक्तिहरु लालायित  हुनु सुहाउँदैन ।  राष्ट्रले कदर नगरे पनि आफ्नो काम प्रतिको आत्मसन्तुष्टि सबैभन्दा ठूलो  कुरा हो ।  ब्यक्तिको ऐश समाजबाट सुरुहुँदै एक दिन राष्ट्रमा फैलिन्छ ।  ढिलो चाँडो कर्मशील ब्यक्तिको छबि आकासिन्छ नै ।

Comments

  1. असध्यै मार्मिक छ। यो देस्मा Policy change huna जरुरी छ। जब्सम्म Policy level मा येहि स्वस्थ को पिडा भोगेको मानन्छे आउदेन, परिबर्तन गारो छ। आशा छ, यो निराश अब्स्था परिबर्तन हुने दिन आउनेछ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।

त्यो एक खिल्ली चुरोट किनेको दिन ।