Alien experience

भरतपुर अस्पातलको अपरेसन  कक्षको अनुभब ।  ।

" डाक्टर  ! तपाईंले गरेको drape मिलेन ।  किचकिच  गर्‍यो भन्नुन्छ कि भनेर भनिन ।  "  एक जना अपरेसन कक्षमा काम गर्ने नर्सले भनिन्   ।  बिल्कुल सबै देखेको कुरा तर नयाँ व्यक्ति र परिवेशमा पाइला टेक्दा कसैले परिचयका शब्दहरु ले  स्वागत गर्दा सहज बातावरणको अनुभूति हुन्थ्यो होला ।  तर नयाँ पारीबेशमा आफै शब्द  निकालेर सहज गर्न खोज्दा झिजो लाग्ने र बढी बोलेको हो कि भन्ने  पाराको मनोविज्ञान पूरा   अपरेसन कोठाका कुनाकुनामा रहेको महसुस हुन कत्ति पनि बेर लाग्दैन ।  सपैको आवाजमा डेसिबल् बढेको हुन्छ ।  सबैका गफ पेलिँदै  हावामा फैलिने प्रयास गरिरहेका हुन्छन् ।  बेहोस गराउने  युनिट त अरु बेला नगएको ध्यान मनिटरमा केन्द्रित गरेर गजक्क नै परेको हुन्छ । नुर्सिङ्ग स्टाफ कैची आदि सामानको तयारीमा लागेको हुन्छ ।  लाग्छ कि सबै यस संसारका लीला जति आफै रचिरहेका छन् र आफ्नो उपस्थिती बेजोड्का साथ् देखाएर तिमीहरु "अलिएन " हौ भन्ने संकेत गर्न खोजेजस्तो प्रतित हुन्छ ।  हुन पनि नयाँ सिक्न गएका व्यक्तिहरु नभएपनी संसार चलेको थियो ।  suction monitor warmer  light आदि केहि बिरामी भएका थिएनन् ।  हुनु र नहुनुले  कुनै मान्यता नराख्ने हुनाले बातावरण भने आगन्तुक जतिलाई झारका बिचमा मकै भन्ने कि मकैहरुका बिच्मा झार भन्ने कुरा भने निर्क्यौल गर्न गार्हो नै पर्छ ।  यो सब समय संगै परिवर्तन हुने कुरा हो र भिज्ने प्रयासको सन्क्रमनकालको  समय हो भन्ने लाग्छ ।  त्यसैले आपत्ति जनाउनुपर्ने पनि म देख्दिन ।


मानिस कि पढेर जान्दछ कि परेर जान्दछ  ।  सिक्ने र सिकाउने प्रक्रिया निरन्तर अभ्यास हो ।  सानोमा कपुरी 'क' को बुट्टा बाटरेर सिङार्न पनि एकै पटकमा  कसैले पनि पक्कै सिकेको  थिएन होला ।  यदि   कसैले सिकेको भए गर्भमा सरस्वतीले आशिर्बाद दिइसक्नुभएछ कि भन्ने मान्नुपर्ला ।  जुन कुरा अस्वभाबिक र काल्पनिक हो । हेरेर सिक्नुपर्ने कुरा धेरै हुन्छन ।  सबै ब्यक्तिका आ आफ्ना  कथा  हुन्छन ।  कथा नभएको कोही पनि हुँदैन ।  किनकी हरेक जीवन र भोगाइ कथा हुन्छन्   ।  खाँचो  त केबल शब्दमा उतार्न कला चाहिने हो ।  कुनै कुरामा अभ्यस्त   भएपछी त्यो स्वाभाबिक लाग्न थाल्छ  र गराइमा निखारता  आउँछ ।  सुरु अवस्थामा केही एकाध ब्यक्तिहरु बाहेक सबैले बामे सरे पछि  नै उठेर हिंड्न  थालेका हुन ।  तर त्यो बामे सरेको अवस्था भने सपले बिर्सिन्छन् ।

सन्दर्भ   भरतपुर अस्पातलको अपरेसन  कोठा  हो जहाँ केही समयको लागि भनेर गर्भवतीको अपरेसन गरेर बच्चा निकल्ने सिपको निमित्त खटिएका  ६ जना डाक्टरहरु  छन् ।  अपरेसन कोठा पहिले नदेखेको कोही पनि छैन ।  तर नयाँ ठाउमा पारिचयको कमीले गर्दा असजिलो महसुस हुन्छ ।  कुनै पनि नयाँ ठाउको बातावरणसँग अभ्यस्त हुन समय लाग्छ ।  सधैं एकै ठाउमा बसेका स्टाफहरुलाई  पो सबै कुरो सामन्य लाग्छ ।  गाउँबाट  भर्खर शहरमा आएको ब्यक्ती सजिलो गरी छुटिन्छ र उस्लाई देखेर कुनै अजिवको  देश्बाट आएको अलिएन जस्तो सोच्नु हार्दिकता मानिँदैन ।   ।  त्यो गाउँको  बाबुराको आफ्नै  ईतिहास कथा ब्यथा हुन सक्छन् ।  हार्दिकता विहीन बातावरण जहाँ सबै नयाँ प्रबेश गर्नेलाई  बोझ्को रुप्मा लिइन्छ भने त्यहाँ  मसिनहरु काम गरिराखेको हुन्छ  ।  मेसिन्हरु दौडेको अनुभुती हुन्छ ।  दिनहु एउटै काम गर्दा जो कोहीलाई  पनि पट्यार लाग्छ नै ।  तर रुचि हराउँदा सम्म त्यहि  काम गर्नु बाध्यता मात्र नै हो भने मेसिन जस्तै भएर काम गरेको अनुभुती हुनु अस्वाभाबिक होइन ।  एक दिनमा २० वटा सम्म अपरेसन हुनु भनेको सन्ख्याको हिसाबले त बढी नै हो जस्तो लाग्छ ।  त्यहि भएर अभ्यस्त मेसिनको जस्तो हात चलिरहन्छ  र कुशलताका साथ काम  हुन्छ ।  त्यहि एकाकिपन र कामको  एक रुपताका कारणले  दौडिरहेकाहरुमा नयाँ व्यक्तिहरुको प्रबेश त पाहुना जस्तो लाग्दैन ।  सधैभरि चलिरहेको काममा सहज् हुने भन्दा पनि सिक्न आएका हरुबाट ढिला   हुने मनोविज्ञानले नवआगन्तुक  कसैलाई पनि मुस्कानको साथ स्वागत हुँदैन ।

डाक्टर  ! तपाईंले गरेको drape मिलेन ।  किचकिच  गर्‍यो भन्नुन्छ कि भनेर भनिन ।  "  एक जना अपरेसन कक्षमा काम गर्ने नर्सले भनिन ।  drape गरेको नमिलेको भए एकपटक मजाले भने र सिकाएको खण्डमा  अर्को पटक त मिल्छ नै  ।  त्यसमा निधार खुम्च्याउनुपर्ने कुरो नहुनुपर्ने हो ।  म नर्सिङ स्टाफको भूमिका ब्यबस्थापनको मामलामा निकै कुशल रहेको अनुभव गर्दछु ।  नर्स बिना के नमिलेको नमिलेको जस्तो हुन्छ न त सामान नै सहि ठाउमा आवस्यकता अनुसार भेटिन्छ ।  त्यसैले म नर्सिङको  राम्रो आदर गर्दछु ।  तर उनीहरुबाट  भने त्यस्तो नपाइएको  अनुभव  हुन्छ ।  आफूले बामे सरेर मात्र हिँड्न  सक्ने भएको हो भन्ने कुरा अवचेतन  मस्तिस्कबाट  उत्खनन गरेर मनन गर्न सके सिकाउने प्रक्रिया शालिन हुन्थ्यो कि जस्तो लाग्छ ।  अभिमान  भरिएर बेवास्ता गरेको हो भने त आखिर त्यहि मेसिन दौडेको न हो ।  जसलाई  चिरेर सन्चो पार्न खोजिएका बिरामीहरुलाई चिर्न समान दिने मद्घत गर्ने र आवतजावत गराउने कार्यमा नै सिमित हुन्छ ।  व्यस्तताले सौहार्दता प्रकट  नभएको अवस्था रहेछ भने त त्यो व्यस्ततामा पनि जीवन्तता भर्न नसकिने होइन ।  सधैं त्यही कैची साधन मेसिन कपडा  आदिमा जीवन ब्यतित मात्रै  नगरेर धेरैलाई  बोलीबचन र ब्यबहारले आदर प्राप्त गरेर  सार्थाकता खोज्न सके उत्तम हुन्थ्यो होला हगि ।  त्यो मेसिन बनेको शरीरमा आत्मा पनि भरियोस भन्ने प्रार्थना गर्दछु ।  ।  हाहा ।

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।