Posts

Showing posts from 2018

क्याबिन न. ६०७

Image
अस्पताल क्याबिनका सात महिना ।   रुपाको अहिले सातौँ  महिना बितरहेको छ  ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा ।  उनको जीवनको अबिस्मणिय अंक हुन्छ शायद । यी  उनका  संघर्षका दिनहरु  हुन् ।  अस्पताल घरजस्तै  महसुस गर्न थालिसकेकी छन् उनले  ।  अस्पतालका  सैयासँग अनौठो सम्बन्ध गाँस्न  पुगिसकेकी छन् रुपाले ।  ।  अनौठो किन  भन्दा   प्रिय  नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध ।  उनीसँग  अरु उपाय पनि त छैन  प्रिय नमानी । सधैंजस्तो  उनका  छालाले स्पर्श गरेका छन्   । मायालु हातहरुको मात्र हैन ।स्प्रिटको चिसो स्पर्श र सुइको तीखो  घोचाइ पनि छन्  ।  औषधी दिन र रगत जाँच  गर्न अनगिन्ती स्पर्शहरु ।  सुइ दिने सिस्टर र डाक्टर त मायालु नै मान्छिन् । सुइको तिखोपनालाई दोष दिन्छिन् ।  कुनै सुइ सिधै नशामा, कुनै मासुमा त कुनै छालामा ।  सयौँ सुइहरु परिसकेहोलान्  ।  कति त ढाडमा पनि ।  नसा नभेटिँदा धेरै पटक घोच्नुपरेको पनि छ ।...

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

Image
त्यो एक खिल्ली चुरोट किनेको दिन ।   सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।   सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग...

Dear friend , Bikas , Archimedes and Narayan Gopal

विकास, नारायण गोपाल ,आर्किमिडिज र प्रिय साथी  किर्तिपुरमा  त्रिभुवन युनिभर्सिटी पछाडि अवस्थित एउटा घरको एउटा कोठामा मधुर गीत बज्दै छ ।  संगीत कोठाको भित्ता  भित्तामा ठोक्किएर गुन्जिदै छ ।  संगितको ध्वनी केही लिक पनि भइरहेको  छ झ्यालबाट बाहिर ।  एउटा भौतिकशास्त्रको विद्यार्थी बुझन प्रयासरत छ भौतिकशास्त्रका सिद्धान्त  । शब्दहरुमा जिवन्तता देख्न थालेको छ उसले ।  पहिले पहिले शब्दहरुमा ध्यान जान्थेन ।  केबल संगीतमा मात्र रमाउने काम हुन्थ्यो विकासको ।  आज नारायण गोपालको गीतले बिकासको   मन सुम्सुम्याउँदै  छ ।  “एउटा मान्छेको मायाले  ......”   कोठामा एउटा खाट ,एउटा टेबुल ,एउटा कुर्सी ,एउटा ह्याङर ,एउटा झ्याल छ ।  उसको जीवनमा “एउटाको “ महत्व धेरै छ ।  जिवन पनि एउटै हो ।  पुनर्जन्ममा विश्वाश नगर्ने  भौतिकवादी न हो रमेश ।  उसको हात भने बेलाबेलामा  मोबाइलमा गैरहन्छ ।  उसको मोबाइल पनि एउटै छ ।  उसको मनप्रिय साथी पनि एउटै छ ।  उनको मेसेज आउँछ  कि भन्ने प्रतिक्षा...

Five rupees note outside ICU

Image
आइ. सि .यु बाहिर पाँच रुपैया   केही मलिन अनुहारहरु एउटा अाइ सि यु कक्षबाहिर प्रतिक्षामा बसिरहेका छन् ।  स्वजन र आफन्तको प्रतिक्षामा  ।  कहिले निको   भएर पून: भेट्न्  पाइन्छ  कि भन्ने आशमा ।  बेला बेला माइकिङबाट आवाज आउछ ” फलानोको मान्छे संपर्क राख्नु “ ।  सबै जना सतर्क हुन्छन् ।  कान तिखा हुन्छ्न् केही क्षण ।  आफ्नो बिरामीको अप्डेटका लागि बोलाएको हो कि भनेर ।  भित्र जटिल   रोगसँग लडिरहेका छन् ति सबै मलिन ब्यक्तिका जीवनका प्रिय आत्मीय पात्रहरु ।  कोही मृत्‍युसँग लडिरहेका छन्  ।  कोही सुधारको क्रममा छन्  ।  सबैका मनमा भय  छ ।  स्वजन फर्केर लैजान पाइने हैन कि भनेर ।  आशा पनि छ सघन उपचारको  ।  सबै बिरामीहरुको  मुटुका गतिबिधी मनिटरमा प्रकाशित भएका हुन्छन् ।  ती  मनिटरको कर्कश आवाज पनि सुनिन्छ ।  त्यो कर्कश  आवाज बेड्मा सुतिरहेका बिरामीहरुको आर्तनाद जस्तो प्रतीत हुन्छ  बेला बेला ।   त्यही प्रतिक्षारत ब्यक्तिहरुका माझमा एक अन्दाजी ६० ब...

दसैंमा सेतो कोट

Image
दसैमा सेतो कोट  घटस्थापनाको  दिन ।  बिदाको दिन ।  रमाइलो दिन ।  दसैं प्रारम्भ हुँदाको तिथि ।  जमराले अस्तित्व पाउने दिन ।  खुशीको चाड ।  उमङको चाड ।  स्कुल पढ्दाका  दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल ! तम्घासबाट एक दिनको बाटो हिंडेका दिनहरु स्‍मृतिमा अझै ताजा छन् ।   पहाड घर जाँदा सार्है रमाउने मन हुन्थ्यो ।  रौँदिको उकालो चढ्दा  आसिनपसिन हुन्थ्यो ।  साँझमा घर पुगिन्थ्यो ।  समय सँगै बिस्तारै  बिदा घट्दै गए ।  हेर्दा हेर्दै घटस्थापनाबाट सर्दै सर्दै सप्तमी कि अस्टमिमा घर जाने दिन आए ।  जती बिदा कटौती भए पनि देशको प्रगती त उस्तै होला !!   समय बित्दै गए ।  रितुहरु फेरिदै गए ।  दसैंहरु आउँदै जाँदै गरे । दसैं त सधैं उस्तै त हो । शरद रितुमा सधैं आउँछ अनि जान्छ पूरा   चहलपलसाथ  । मेरो लागि न त यो चाड पर सर्छ  न त अगाडि ।  न अरु कसैका लागि ।  परिवर्तन त केबल आफ्नो अवस्था र परिस्थितीमा हुने रहेछ ।  ।   बिदाका दिन कट्दै कट्दै  अचेल शू...

Einstein, Dear friend and me

Image
आइनस्टाइन र मेरो प्रिय साथी भौतिकशास्त्रको नवीन प्रगतिबारेको सम्मेलनबाट निस्किएपछि, आइनस्टाइनलाई हृदयबाट नै धन्यवाद दिन मन लाग्छ। त्यसैले सोच्दासोच्दै म पूरा कल्पनामा उड्न थालेछु। घोत्लिँदै १९४५ सालतिर पुगेर कल्पनामा डुबेछु—आइनस्टाइनको जीवित जीवनलाई नजिकबाट चियाउन मन लागेर। म स्वप्निल दुनियाँमा आइनस्टाइनसँग कुरा गर्न खोज्दै छु। आज आइनस्टाइन किन हो निकै दंग देखिन्छन्। शायद कुनै भौतिकशास्त्रको सिद्धान्तको रहस्य मिलेको होला। कोठाभरि कोरिएका कागजका खेस्राहरू छरपस्ट छन्। ती भाग्यमानी अक्षर र अंकहरूमा संसारको भविष्य बदल्न सक्ने नियति लुकेको छ। कालोपाटीमा कुनै सूत्रमा खेलिराखेका अंकहरूको जालो  देख्छु म । कोठामा प्रवेश गरेको बिहानी सूर्यको किरणमा आइनस्टाइन आफ्नो सिद्धान्त खोज्दै टोलाइरहेका छन्। एउटा काठको कुर्सीमा बसेर मन्द मुस्कुराइरहेका छन्। ठेलीका ठेली  किताबहरू पनि आज आइनस्टाइनको मुस्कानमा रमाइरहेका जस्ता लाग्छन्। कोठाको शान्ति अचानक टेलिफोनको घन्टीले भंग हुन्छ। आइनस्टाइनको अर्धस्वप्नमा हलचल आउँछ। केही सजग हुन्छन् । र हातले फोन उठाउँछन्। उनको मस्तिष्क त सूर्यको प्रकाशमा ...

के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?

के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?   धेरै बर्ष पहिले एउटा दुब्लो ज्यानको हल्का जुङाका रेखी देखिँदै गरेको ब्यक्ति साधारण पहिरनमा ब्याग भिरेर बिहानै काठमाण्डौको पुतलिसडकमा लम्किँदै थियो ।  कतै पुग्ने हतार थियो उसलाई ।  त्यसो नहुदो त बाटोमा हस्याङ्फस्याङ  हुनुभन्दा सिरकमुनी मस्त सपना देखिरहेको हुन्थ्यो होला ।  हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतिरको गन्तब्य हुनुपर्छ । शायद ति पाइलाहरुमा  भबिष्यमा  सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ । र त्यो हिँडाइ सानैदेखि अबचेतन मस्तिष्कलाई पोशन गरिएको अब्बल हुने चेतनाको परिणाम् हुनुपर्छ ।  उत्कृष्ट हुने इच्छाले डोर्याएको हुनुपर्छ त्यो आत्मा ।  तपाईंको अनुमान के होला ?  किटान गरेर अनुमान लगाउनुपर्दा डाक्टर पढ्ने तयारी गरिरहेको हुनुपर्छ ।  ब्यक्ती ,परिवार र समाजको हरियो चस्माले देखेको सम्पन्नताले प्रचुर भबिष्य जो  छ डाक्टरी पेशामा ।  प्रबेश नगर्दा सम्म सधैं हरियो देखिन्छ ।  कसैले उजाड छ भन्दैमा पत्याउँदैन त्यो मन ।  त्यहि हजारौँ मनहरु आजपनि ल...

Desire for white coat

सेतो कोटको रहर ।   सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होम्मिएकी छन्  सबिता ।  उनलाई बिरामीको सेवा गर्न कत्ती दु:ख लाग्दैन ।  रहरले  भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षत्रमा होम्मिएकी सबितालाई अचेल कहिलेकाँही  कुन्ठा जाग्ने गरेको छ ।  नजागोस पनि किन। स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षत्र भएको छ ।  जहाँ सेवा गरेर मेवा पाउने आशा दुर्लभ  भएको छ ।  बिना बन्दुकका योध्हा  भएर युद्ध  लड्नुपरेको छ ।  बिना बन्दुक त युद्धमा सिपाही जाँदैनन्  भने कमजोर सुरक्षा, न्यून प्रोत्साहन, अनुचित पारिश्रमिक र अत्याधिक श्रमको भार बोकाएर बिरामीको सेवामा खटाउने राज्यलाई ति सेता कोटले सालीन देखिने सबिता जस्ता कर्मशील नर्सहरुको कुण्ठित हृदयको सराप त अवस्य लाग्नुपर्छ ।  स्वास्थ्यको पेशा सदैब जोखिममा हुन्छ ।  त्यस्तै सबिता पनि सेतो कोट, मिठो बोली, धैर्यता र आफ्नो सीपले झिनो सुरक्षामा बिरामीको सेवामा तल्लिन छन् । ड्युटी त चक्रिय आधारमा बिहान दिउसो राती गर्दै बित्दै जान्छन् ।  अस्पताल बाहिरको दुनियाँलाई त...