१२७ वर्षदेखिको वीर शम्शेरको खोकी ।
१२७ वर्षदेखिको वीर शम्शेरको खोकी ।
वि स. १९५७ सालको एक विहान
निकै बिरामी भएँ म
बेस्मरी खोकी लाग्यो ज्वरो आयो
खोक्दाखोक्दै टप्प टिपे यमराजले मलाई
मेरो रोग पत्ता लागेन नि " प्रभु "?
यमराजले पत्ता लागाउनै सकेनन्
खोकीको कर्कश आवाज , बोलीको कचकच
सुनेर वाक्क भएका यमराजले
१२७ वर्षको खोकी सन्चो गर्न पठाएका छन् मलाई
२०८४ सालमा वीर अस्पतालको प्राङ्गणमा नियाल्दै छु
मेरो नाम चाहिँ रहेछ ,
मधुरो खुसी लाग्यो
मान्छेले इतिहास बिर्सेका रहेनछन्
साल १९४७ सम्झिँदा त्यो जङ्गलका बिचमा
ढुङ्गा र माटोले खडा गरेको अस्पताल
छिट्पुट बिरामी हुन्थे
एकाध "वैद्य" एकाध "नर्स!"
आज त निकै फरक छ
कति विघ्न बिरामीको भीड , कति धेरै सवारीहरु
कोलाहल सहरको बिचमा वीर अस्पताल
ओहो ! कति धेरै डाक्टर, कति धेरै नर्स ।
औधी ठूलो पो भएछ त वीर अस्पताल !!
जम्मा १३७ वर्षमा प्रगती कति धेरै भएछ ।
धेरै उन्नति भएछ , हर्क भयो मलाई ।
यमराजले मलाई "गुगल" सिकाएर पठाएका छन् ।
अस्पतालको "गुगल" गर्न मन लाग्यो मलाई
विश्वको आधुनिक नजरमा
कहाँनेर छ त वीर अस्पतालको शान
कति बढेछ त मेरो मान ।
विश्वको प्रथम सय श्रेणीमा भने नपर्ने रहेछ !
तर मलाई आशा छ, विस्वास छ
शताब्दी भन्दा लामो मेरो विसन्चो
मेरो लहरे खोकी र घ्यार घ्यार
पक्कै सन्चो हुन्छ , पक्कै निको हुन्छ ।
उही
वीर शम्शेर ।
Comments
Post a Comment