कपासको तार, मेरो तार ।

 कपासको तार, मेरो तार । 

संगीतप्रेमीलाई गितारको तार
टेलिकमलाई  टेलिफोनमा तार
बिजुलीलाई घरपिच्छे तार
मोबाइललाई चार्ज गर्ने तार
जहाँसुकै त छ तारैतार ।

मुटु चलाउन पेसमेकरको तार
मुटुका बन्द नशा खोल्न धातुको तार
मुटु चिकित्सकलाई  वरदान हो तार
अद्भुत छ यो तार भन्ने जिनिस ।
धन्यवाद छ तार आविस्कार गर्नेलाई
करोडौंका मुटु जोगाएको छ यसले । 

म पनि तार खेलाउने प्रयासमा छु 
कपासबाट बत्ती कात्दै
आफ्नै तारको जोहो गर्दै छु
मुटुका नशा खोल्ने सिको गर्दै छु ।
असली तार छुन त त्याग चाहिन्छ ।
भाग्य चाहिन्छ, हिम्मत चाहिन्छ ।


तार मिले सबै सुमधुर छ जीवन
साथीसँगको तार, इष्टमित्रसँगको तार
जागिरमा सरकारसँग तार ,
जीवनमा परमात्मासँगको तार
तार सबैको दिमागमा पनि हुन्छ रे
धन्न दिमागको तार भने सग्लै छ ।
मजबुत छ बलियो छ ।

उहि
तार माहिमागान ।





Comments

Popular posts from this blog

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

हस्ताक्षर मनोवाद ।