Alien experience
भरतपुर अस्पातलको अपरेसन  कक्षको अनुभब ।  ।   " डाक्टर  ! तपाईंले गरेको drape मिलेन ।  किचकिच  गर्यो भन्नुन्छ कि भनेर भनिन ।  "  एक जना अपरेसन कक्षमा काम गर्ने नर्सले भनिन्   ।  बिल्कुल सबै देखेको कुरा तर नयाँ व्यक्ति र परिवेशमा पाइला टेक्दा कसैले परिचयका शब्दहरु ले  स्वागत गर्दा सहज बातावरणको अनुभूति हुन्थ्यो होला ।  तर नयाँ पारीबेशमा आफै शब्द  निकालेर सहज गर्न खोज्दा झिजो लाग्ने र बढी बोलेको हो कि भन्ने  पाराको मनोविज्ञान पूरा   अपरेसन कोठाका कुनाकुनामा रहेको महसुस हुन कत्ति पनि बेर लाग्दैन ।  सपैको आवाजमा डेसिबल् बढेको हुन्छ ।  सबैका गफ पेलिँदै  हावामा फैलिने प्रयास गरिरहेका हुन्छन् ।  बेहोस गराउने  युनिट त अरु बेला नगएको ध्यान मनिटरमा केन्द्रित गरेर गजक्क नै परेको हुन्छ । नुर्सिङ्ग स्टाफ कैची आदि सामानको तयारीमा लागेको हुन्छ ।  लाग्छ कि सबै यस संसारका लीला जति आफै रचिरहेका छन् र आफ्नो उपस्थिती बेजोड्का साथ् देखाएर तिमीहरु "अलिएन " हौ भन्ने संकेत गर्न खोजेजस्तो प्रतित हुन्छ ।  हुन...